OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन २, २०७८काठमाडौं
४०९ पटक

असोज २, २०७८ शनिबार
काठमाण्डाै – सरकारले १० वटा हिमाली जिल्लामा १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज शनिवार सूचना निकालेर ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबै नागरिकलाई खोप लगाउने जानकारी दिएको हो ।

यस्तै काभ्रे र चितवनमा २५ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षमाथिका र बाँकी ५८ जिल्लामा ४५ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइने मन्त्रालयले जनाएको छ ।

देशभर असोज ४ गतेदेखि १४ गतेसम्म पहिलो मात्रा र कात्तिक ४ गतेदेखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयको सूचनामा उल्लेख छ ।

देशभर नै यसअघि छुटेका अग्रपङ्क्तिमा खटिने, अत्यावश्यक सेवाका, शिक्षक, पर्यटकीय क्षेत्र तथा होटल व्यवसायमा काम गर्ने व्यक्तिलाई पनि खोप दिइने छ ।

प्रतिकृया दिनुहोस्