OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १, २०७८सुर्खेत
६३९ पटक

१ असोज २०७८, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताउनुभएको छ ।

सयुक्त राष्टसंघ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को’ उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले प्रदेशको विकास यहाँका जनताको आर्थिक समृद्धिसँग जोडिएको बताउनुभयो ।

“कर्णालीवासीलाई आर्थिकरुपमा सम्पन्न बनाई आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम सडक, सिचाई, स्वास्थ्य, शिक्षालगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएका छौं,” उहाँले भन्नुभयो, “जनताको आर्थिक उत्पादन वृद्धि गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम सञ्चालन गरेको छ” । यहाँको समग्र विकासको लागि प्रदेश सरकारले दिगो विकास लक्ष्यलाई प्राथमिकता दिएको मुख्यमन्त्री शाहीले जनाउनुभयो ।

प्रदेशको विकासमा योगदान पुरयाउन आम नागरिकहरुले उत्पादन र श्रममा विश्वास गर्नुपर्नेमा जोड दिँदै उहाँले उत्पादक जनशक्तिको विकास आजको प्रमुख आवश्यकता रहेको औंल्याउनुभयो । नेपालको राजनीतिक स्कुलिङ्ग सहि नभएको कारण युवाहरु गलत बाटोमा लाग्ने गरेको भन्दै उहाँले अबको स्कुलिङ्ग युवा तथा आम नागरिकहरुलाई उत्पादन र श्रममा जोड्नतर्फ केन्द्रित हुने बताउनुभयो ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्कालले दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएकोे जानकारी दिनुभयो । उपाध्यक्ष डा.खड्काका अनुसार सप्ताहमा कर्णाली प्रदेशको समग्र विकासको विभिन्न सरोकारवालाहरुसँगको गहन छलफल, बहस, दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिकालगायतका विषयमा छलफल हुनेछ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरु, प्रदेश जिल्ला समन्वय समिति महासंघ, प्रदेश नगरपालिका तथा गाँउपालिका महासंघका प्रमुखहरु, युएन एजेन्सी, कर्णाली प्रदेश गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिहरु र नीजि क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको योजना आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्