OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १, २०७८सुर्खेत
१०३८ पटक

१ असोज २०७८, शुक्रबार

‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह, २०७८’ शुरु भएको छ ।

कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ नेपालको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम शुरु भएको हो ।

दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताह ब्यापी कार्यक्रम आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा.सर्वराज खड्काले जानकारी दिनुभयो । उपाध्यक्ष खड्का अनुसार सप्ताहको पहिलो दिन आज सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य तथा युएनडिपीको भुमिकाको बारेमा युएनडिपीका कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको आधार तथ्याङ्क तथा भावी रणनीतिको बारेमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायाले प्रस्तुतिकरण गर्नुभएको छ ।

समृद्ध कर्णालीको आधार, स्वस्थ हरित न्यायपूर्ण पुनः उत्थानका लागि दिगो विकास भन्ने मुल नाराका साथ शुरु भएको सप्ताहमा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य माथि बहस सञ्चालन गरिनेछ । कर्णाली प्रदेशको समग्र विकासको लागि विभिन्न सरोकारवालाहरुसँगको गहन छलफल, बहस, दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भूमिका लगायतका विषयमा समेत छलफल हुने आयोगले जनाएको छ ।

सप्ताह कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यकोे कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड १९ को घरेलु खाद्य सुरक्षा र जीविका पार्जनमा परेको असरको छलफल, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरु, प्राथमिकताहरु, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशा वारेमा छलफल, प्रदेशको विकास योजनामा प्रभावकारी नीति निर्माण र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्यधारामा ल्याउने सम्बन्धमा प्रादेशिक परामर्श, दिगो विकास लक्ष्य अन्तरगत बालश्रम अन्त्य गर्ने गुरुयोजना विमोचन गर्ने, रेडियो र टेलिभिजन अन्तरक्रिया÷प्यानल छलफल गर्ने लगाएतका कार्यसूची रहेको छ ।

प्रतिकृया दिनुहोस्