OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३१, २०७८काठमाडौं
१६४५ पटक

३१ भाद्र २०७८, बिहीबार

नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाको अभिव्यक्तिप्रति नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष हरिबहादुर रावलले आपत्ति प्रकट गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै राकसका अध्यक्ष रावलले सङ्गठनसँग असम्बन्धित व्यक्तिहरूको पद र सङ्ख्याको हवाला दिएर भ्रम फैलाउन खोजेकोप्रति आपत्ति प्रकट गर्नुभएको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठनको आगामी असोज २ गते काठमाडौँमा हुने भनिएको राष्ट्रिय भेलामा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका उपाध्यक्ष अम्बिका धमला र प्रभातप्रसाद साहसहित सङ्गठनका करिब १०० जना केन्द्रीय सदस्य आफ्नो सङ्गठनमा एकताबद्ध हुने भनि अध्यक्ष देवकोटाले बुधबार अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्तिलाई किटान गर्दै राकसका अध्यक्ष रावलले अर्थवादी टे«डयुनियनका नाईके तथा मतियारको गलत प्रचार भएको विज्ञप्तिमार्फत प्रतिक्रिया दिनुभयो ।

उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, हाम्रो नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनसँग कुनै सम्बन्ध नै नभएका व्यक्तिहरूको पद र सङ्ख्याको हवाला दिएर कथित सङ्गठन एकता तथा प्रवेशको नाममा भए गरेका कार्यप्रति घोर भर्त्सना गर्दछ । केन्द्र, प्रदेश, जिल्ला, पालिका तथा इकाई समितिका पदाधिकारी एवं सदस्य शुभचिन्तकहरूलाई भ्रममा नपरी हाम्रो सङ्गठनसँग असम्बन्धित व्यक्तिहरूको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रतिगमनका मतियार अर्थवादी ट्रेड यूनियनका नाईके तथा त्यसका मतियाहरुको आ–आफ्नो ठाउँबाट भण्डाफोर गर्नुहुन हार्दिक अपिल गर्दछौँ ।

बुधवार सङ्गठनका अध्यक्षको भनाइसहित समाचार प्रकाशित भएपछि सामाजिक सञ्जाल तातेको थियो । जसले गर्दा राष्ट्रिय कर्मचारी सङ्गठनमा निकै ठूलो हलचल मच्चियो । अध्यक्ष रावलले आफ्नै सङ्गठनका खेमा व्यवस्थापन गर्न नसकेर मारामार भइरहेको अवस्थामा सङ्गठनका अध्यक्ष देवकोटाले राकसका पदाधिकारी आउने अभिव्यक्ति दिनु हाँस्यास्पद भएको टिप्पणी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्