OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २८, २०७८
११२५ पटक

२८ भाद्र २०७८, सोमबार

गुर्भाकोट नगरपालिका ९ सुर्खेतका १३ वर्षीय बालिका भारतमा बेचिएको सात वर्षपछि घर फर्केकी छिन् ।

विसं.२०७१ जेठ १८ गते ती बालिका बेचिएकी प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीय बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीय एक महिलालाई पक्राउ गरेको छ ।

भेरीगंगा नगरपालिका ६ सुर्खेतका महिलालाई प्रहरीले आईतबार पक्राउ गरी पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरेको छ । २०७१ जेठ १८ गते गुर्भाकोट नगरपालिका ९ सुर्खेतका १३ वर्षीय बालिकालाई ती ५० वर्षीय महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाईदिन्छु भनी ललाईफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

“विसं.२०७१ जेठ १८ गतेको घटनालाई उल्लेख गरेर आरोपित महिलाका विरुद्ध गुर्भाकोट नगरपालिका ९ का ५८ वर्षीय महिलाले विसं.२०७७ माघ २६ गते सुर्खेत जिप्रकामा बालिका बेचबिखनको जाहेरी निवेदन दिएकी थिइन्,” प्रहरी नायब उपरीक्षक घर्तीले भन्नुभयो, “तर बेचिएको सात वर्षपछि पीडित बालिका भारतबाट यही भदौ २३ गते नेपाल आएकी छन् ।”

प्रहरीका अनुसार पीडित बालिका बेचिएको ठाउँमा १५ महिना बसेको र पछि त्यो ठाउँबाट भागेर मुम्बईमा काम गरी सात वर्षपछि नेपाल आउन सफल भएकी छन् ।

प्रतिकृया दिनुहोस्