OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २८, २०७८सुर्खेत
१२४५ पटक

२८ भाद्र २०७८, सोमबार

प्रदेश लोक सेवा आयोगले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आज प्रदेश प्रमुख कलौनीसमक्ष आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधान, २०७२ को धारा २४४ मा प्रदेश लोक सेवा आयोग गठनको व्यवस्था भए बमोजिम कर्णाली प्रदेश प्रदेशसभाबाट प्रदेश प्रदेश लोक सेवा ऐन, २०७५ जारी भई सोही अनुसार गठन भएको आयोगद्वारा सम्पादन गरेका काम कारवाही समेटेर प्रदेश प्रतिवेदन पेश गरिएको छ ।

आर्थिक वर्ष ०७८÷०७९ आयोग गठन वर्ष भएकोले कार्यालय स्थापना, कानून तथा पाठ्यक्रम निर्माण, संगठन संरचना तथा दरबन्दी पुनरावलोकनलगायतका कार्यहरु गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगको गठन र कार्य क्षेत्र, कार्यसम्पादनका आधार, प्रशासनिक तथा वित्त व्यवस्थापन, कानून, शैक्षिक योग्यता र पाठ्यक्रम निर्माण, संगठन सुधार र नवप्रवर्तन, आयोगका जिम्मेवारीमा देखिएका कठिनाई र सुझाव गरी सातवटा परिच्छेद प्रतिवेदनमा समावेश छन् ।

प्रतिवेदन पेश कार्यक्रममा आयोगका सदस्य भक्तबहादुर खड्का, आयोग सचिव आनन्द सारु र प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देललगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्