OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीभाद्र २७, २०७८जुम्ला,
६८१ पटक

२०७८ भदौ २८ गते,
जुम्ला गुठीचौर गाउँपालिका ३ निवासी मृतक १३ बर्षिय किश्वर पदम बुढाको परिवारलाई सरकारले पाँच लाख रुपियाँ सहयोग गरेको छ ।
मोवाईल चोरीको बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय आई घर गएपछि विरामी भई अस्पतालमा निधन भएका बुढाको परिवारलाई राहात स्वरुप नेपाल सरकारले पठाएको रकम जिल्ला प्रशासन कार्यालयमा मृतकका परिवारलाई चेक हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले पिडित परिवारलाई रु पाँच लाख रकमको चेक हस्तान्तरण गरिएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी प्रसाई सहित सुरक्षा निकाय, संविधानसभा सदस्य ललितजंग शाही, गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी, वडाध्यक्ष प्रेम बुढा सहितका सरोकारवाला निकायहरुले परिवारलाई संयूक्त चेक हस्तान्तरण गरेका हुन् ।

प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार २०७८ साल माघ १८ गते मोवाईल चोरीको विषयमा निज किश्वर जिल्ला प्रहरी कार्यालयमा आएका र घर गएपछि केही दिन पछि अस्पतालमा विरामी भई आएपछि २०७७ साल फागुन ५ गते पदम बुढाको मृत्यू भएको थियो । तर आफन्तले प्रहरीको कुटाईबाट घाईते भएपछि अस्पताल ल्याईएको र मृत्यू भएको भन्ने दावी छ ।

पिडितको बिषयमा परिवार तथा स्थानीय आन्दोलित भएपछि एक समिति बनेर प्रतिवेदनमा राहात उपलब्ध गराईनु पर्ने अनुसार नेपाल सरकार गृह मन्त्रालयले रु पाँच लाख जिल्ला प्रशासन कार्यालयको खातामा रकम पठाई दिएको थियो । राहात रकमका लागि संविधानसभा सदस्य ललितजंग शाही, आफन्त दानबहादुर बुढा सहितको टिम आन्तरिक मामिला तथा कानून मन्त्रालय सुर्खेत र गृह मन्त्रालय काठमाण्डौमा समेत पुगेको थियो ।

संविधानसभा सदस्य ललितजंग शाहीले सवैको जोडमा परिवारलाई मलम लगाउन सरकारले गरेको सहयोग सह्रानीय भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी र वडाध्यक्ष प्रेम बुढाले सरकारले राहात दिएको रकमले पिडित परिवारमा ठूलो मद्दत पुग्नेमा जोड दिनुभयो । आफन्त दानबहादुर बुढाले परिवारलाई राहात दिने नेपाल सरकार र सवै सरोकारवाला निकायहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

राहात रकम बुझ्न मृतक वालक पदम बुढाका बुवा पृथ्वी बुढा र आमा गोरिकला बुढा जिल्ला प्रशासन कार्यालय पुग्नु भएको थियो । मृतकका पिता पृथ्वी बुढाले राहात रकमका लागि सरकारलाई धन्यवाद दिदै न्याय पाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी प्रसाईले घटना समाजमा भईरहने भएकाले यो घटनालाई व्यवस्थापन गर्न सहयोग पुरयाउने आफन्त र सरोकारवाला निकायहरुलाई धन्यवाद दिनुभयो ।

प्रतिकृया दिनुहोस्