OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २४, २०७८
८३० पटक

२४ भाद्र २०७८, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रतारुपमा मनाउन आग्रह गर्नुभएको छ ।

हिन्दू धर्मावलम्बी महिलाहरुको विशेष पर्व ‘हरितालिका तीज पर्व–२०७८’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली महिला दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहीले यसलाई दिदीबहिनीहरुको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री शाहीले एक शुभकामना सन्देश जारी गर्दै भन्नुभएको छ, “तीज बिगत्मा भाग्यलाई सराप्ने अन्धविश्वासी सोचमा आधारित हुनुहुँदैन र आजभोलि भड्किलो संस्कृतिमा रुपान्तरित यसले समाजमा भित्र्याएका विकृतिहरु हटाउँदै जानुपर्छ । तीजको मौलिकतालाई स्थापित गर्दै सामाजिक सद्भाव, एकता, भातृत्व एवं भगिनित्व विकास गर्न नयाँ पुस्ताको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।”

उहाँले बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजलाई पारस्परिक सम्मान, सद्भाव एवं एकतासहित अघि बढ्न तीज पर्वले प्रेरित गरेको जनाउनुभयो । कोरोना महामारीको संकट कायमै रहेकोले यसको संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन घरमै बसेर खुशीसाथ मनाउन सुझाउँदै मुख्यमन्त्री शाहीले सबैलाई एकताबद्ध, आफ्ना हक अधिकारप्रति सचेत एवं कर्तव्यप्रति जागरुक हुन तीजबाट प्रेरणा मिलोस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्