OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र २३, २०७८जुम्ला,
७४१ पटक

भदौ २३ गते । जुम्लामा नेकपा एकिकृत समाजवादीमा ४४ जना जनप्रतिनिधिले सनाखत गरेका छन् ।

नेकपा एमालेबाट विभाजित भएको नेकपा एकिकृत समाजवादीमा भदौ २२ गते सम्म सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्याखत्री सहित ११ जना वडाध्यक्ष र अन्य वडासदीयहरु गरि ४४ जनप्रतिनिधिहरुले नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माका अनुसार तोकिएको समय सीमा भित्र जिल्ला निर्वाचन कार्यालय जुम्लामा पुगी जुम्लाका ४४ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । उहाँका अनुसार सनाखत गर्नेमा एक जना उपाध्यक्ष, ११ जना वडाध्यक्ष, वडा सदस्य ३२ जना रहेका छन् । महिला १५ जना पुरुष २९ जना रहेका छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जम्मा सङ्ख्या ९५ जना रहेकोमा ४४ जनाले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका बताईएको छ । निर्वाचन कार्यालयको तथ्याङ्क अनुसार २०७५ सालमा नेकपा एमालेबाट अध्यक्ष १ जना उपाध्यक्ष १ जना वडाध्यक्ष १७ जना, महिला सदस्य १८ जना, दलित सदस्य १३ जना र अन्य ४५ जना गरी ९५ जना निर्वाचित भएका थिए । जसमा एक जना उपाध्यक्ष र ११ जना वडाध्यक्ष सहित ४४ जनाले समाजवादी पक्षमा सनाखत गरेका जानकारी गरिएको छ । यता नेकपा एमालेका अनुसार ९५ जना मध्य ३ जनाको मृत्यु भएको र २ जनाले पार्टी परित्याग गरेका छन् ।

तर एमालेका जम्मा ९० जना मध्य ४४ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेपछि हाल नेकपा एमाले सँग ४६ जना प्रतिनिधि रहेका छन् । समाजवादी पार्टीमा सनाखत गर्नेमा सिञ्जा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री, गुठिचौर १ का वडाध्यक्ष गणेश एैडी, गुठिचौर २ का वडाध्यक्ष पृथ्वी बहादुर बुढा, चन्दननाथ नगरपालिका ८ का वडाध्यक्ष नरजित दमाई, चन्दननाथ ६ का वडाध्यक्ष अज बहादुर रावल, चन्दननाथ ७ का वडाध्यक्ष नरविर रावल रहेका छन् ।

त्यस्तै, कनकासुन्दरी गाउँपालिकाका वडा नं ७ का वडाध्यक्ष धनजीत रोकाया, सिञ्जा गाउँपालिकाका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर बुढा, सिञ्जा ५ का वडाध्यक्ष मुन बहादुर रावत, हिमा गाउँपालिकाका वडा नंं २ का वडाध्यक्ष नैनसिंह बुढा, हिमा ३ का वडाध्यक्ष सर्पजीत भण्डारी, र पातारासी गाउँपालिकाका वडा नंं ७ का वडाध्यक्ष लाल बहादुर बुढाले गरी ११ जना वडाध्यक्षले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका एकीकृत समाजवादीले जनाएको छ ।
क्याप्सन ः सनाखत गरि सकेपछि निर्वाचन कार्यालय अगाडि तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्