OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २२, २०७८जुम्ला
७०९ पटक

२२ भाद्र २०७८, मंगलबार

नेकपा एमालेबाट निर्वाचित सिंजा गाउँपालिका एक उपाध्यक्ष र ११ जना वडाध्यक्षसहित जुम्लाका ४४ जना प्रतिनिधिले एमाले परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गरेका छन् ।

आज भदौं २२ गतेको सीमाभित्र रहेर जिल्ला निर्वाचन कार्यालय जुम्लामा पुगी जुम्लाका ४४ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । विसं.२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जम्मा संख्या ९५ जना रहेकोमा ४४ जनाले एकीकृत समाजबादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो ।

निर्वाचन अधिकारी शर्माका अनुसार २०७५ सालमा नेकपा एमालेबाट एक जना अध्यक्ष एकजना उपाध्यक्ष १७ वडाध्यक्ष, १८ महिला सदस्य, १३ जना दलित सदस्य र अन्य ४५ जना गरी ९५ जना निर्वाचित भएका थिए । कुल निर्वाचित जनप्रतिनिधिहरुमा एक जना उपाध्यक्ष र ११ जना वडाध्यक्ष सहित ४४ जनाले समाजवादी पार्टीमा सनाखत गरेका छन् ।

९५ जना जनप्रतिनिधि मध्य २ जनाको मृत्यु भएको र २ जनाले पार्टी परित्याग गरेको जनाईएको छ । हाल मौजुदा ९१ जना जनप्रतिनिधिहरुमा ४४ जनाले समाजवादीमा सनाखत गरेपछि ४७ जना एमालेमा रहेको बताईएको छ ।

समाजवादी पार्टीमा सनाखत गर्नेमा सिंजा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री रहनु भएको छ । त्यस्तै, गुठिचौर १ का गणेश एैडी, २ का पृथ्वीबहादुर बुढा, चन्दननाथ नगरपालिका ८ का नरजित दमाई, ६ का अजबहादुर रावल, ७ का नरविर रावल, कनकासुन्दरी गाउँपालिकाका ७ का धनजीत रोकाया, सिंजा गाउँपालिकाका ४ का धनबहादुर बुढा, ५ का मुनबहादुर रावत, हिमा गाउँपालिकाका २ का नैनसिंह बुढा, ३ का सर्पजीत भण्डारी, र पातारासी गाउँपालिकाका ७ का लालबहादुर बुढा गरी ११ जना वडाध्यक्षले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको उक्त पार्टीका नेता आदीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्