OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २१, २०७८
३९२ पटक

 २१ भदौ २०७८, सोमबार

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्री र सचिव कृष्णप्रसाद काप्रीबीच कार्यसम्पादन सम्झौता भएको छ ।

चालु आर्थिक वर्ष २०७८÷०७९ मा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी मन्त्री बुढाक्षेत्री र सचिव काप्रीबीच आज कार्यसम्पादन सम्झौता भएको हो । सम्झौता पश्चात् सचिव काप्रीलाई फाईल हस्तान्तरण गर्दै मन्त्री बुढाक्षेत्रीले तोकिएको काम अनुसार जिम्मेवारी पुरा निर्देशन दिनुभयो ।

“गत आर्थिक वर्षमा भएको करारा सम्झौता अनुसार बजेट कार्यान्वयन राम्रोसँग भएन,” उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको असार आउन अघि नै सबै योजना सम्पन्न हुनेगरी तदारुकताका साथ आजैदेखि काममा समर्पित भएर लागौं ।”

मन्त्रीले सचिवसँगको सम्झौता गरेसँगै मन्त्रालय मातहतका माहाशाखा प्रमुखहरुसँग पनि सचिव काप्रीले कार्यसम्पादन सम्झौता गर्नुभएको छ । उहाँले मन्त्रालयले लिएको लक्ष्य भेट्नेगरी समयमै विभिन्न योजनाका कामहरु सम्पन्न गर्न महाशाखा प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

गत आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको प्रदेश सरकारले ६७ प्रतिशत बजेट खर्च गरेको थियो । चालु आव.मा रु.३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बजेट ल्याएको प्रदेश यसपटक प्रदेश सरकारले लक्ष्य अनुसार बजेटको प्रभावकारी कार्यान्वयन गर्ने योजनाका साथ मुख्यमन्त्री–मन्त्री–सचिव हुँदै महाशाखा प्रमुख र कर्मचारीहरु बीच पनि कार्यसम्पादन सम्झौतामा जोड दि

प्रतिकृया दिनुहोस्