OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र २०, २०७८सुर्खेत
१२२३ पटक

२० भाद्र २०७८, आईतबार

कर्णाली प्रदेशमै पहिलोपटक महिला लेखनदास बनाउन लागिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले महिला लेखनदास बनाउन शुरुआत गरेको छ । जसको लागि नगरपालिकाले ५० जना महिलालाई तालिम दिन शुरु गरेको छ ।

वीरेन्द्रनगर न्यायिक समितिले आज देखि महिला स्वरोजगार कार्यक्रमसँग जोड्नका लागि महिलालाई लेखनदास तालिम दिन शुरु गरेको हो । तालिम सम्पन्न भएपछि जिल्ला अदालत सुर्खेतले लेखनदास परीक्षा संचालन गर्ने र उक्त परीक्षा पास गर्ने सहभागीलाई लेखनदास प्रमाणपत्र उपलब्ध गराइनेछ ।

महिलालाई लेखापढी व्यवसायमा सक्षम बनाउने उद्देश्यले कर्णाली प्रदेशमै पहिलोपटक यो तालिम दिइएको नगर उपप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । ‘महिलाहरुपनि लेखापढी व्यवसाय गर्न सक्षम छन भन्ने देखाउन हामीले यो तालिमको आयोजना गरेका हौं ।’ नगरउपप्रमुख ढकालले भन्नुभयो, ‘कम्तिमा अहिले बेरोजगार रहेका वीरेन्द्रनगर नगरपालिकाका पचास जना महिला दिदबहीनीहरु स्वरोजगार बन्न सक्नेछन् ।’ जसले गर्दा आफ्नो क्षमता अनुसार काम गर्न र नगरपालिकालाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्ने उहाँको भनाई छ ।

तालिमलाई महिला स्वरोजगारसँग पनि जोडिएको छ । नेपाल कानुन समाजका बरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, नगरपालिकाका कानुनी सल्लाहकार बरिष्ठ अधिवक्ता कृष्ण बहादुर हमाल , बैतनिक वकिल गीता कोइरालालगायतले प्रशिक्षण दिएका छन् । तालिम तीन दिनसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्