OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २०, २०७८
५८६ पटक

२० भाद्र २०७८, आईतबार

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले पार्टी एकताका लागि तयार पारिएको १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले मोरङले आइतबार मोरङको विराटचोकमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले सर्वोच्च अदालतले नेकपा एमालेलाई कानुनी रुपमा २०७५ जेठ २ मा फर्काए पनि जेठ २ को अवस्था जान सक्ने अवस्था यान्त्रिक ढङ्गले नमिल्ने बताउनुभएको हो । उहाँले जेठ २ को कार्यान्वयन सिर्जनात्मक रुपमा मात्र हुने विचार व्यक्त गर्नुभयो ।

‘उहाँले भन्नुभयो, १० बुँदे कार्यदलले दिएको सुझाव हो पार्टीको निर्णय होइन, कार्यान्वयन गरिरहँदा यो यान्त्रिक ढङ्गले हुँदैन्, हुनै सक्दैन, सिर्जनात्मक ढुङ्गले हुन्छ ।’ उहाँले १० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुन्छ भन्ने भ्रममा नपर्न पनि आग्रह गर्दै पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काए नयाँ पार्टीबाट आएकाहरुलाई अन्याय हुने प्रतिक्रिया दिनुभयो ।

महासचिव पोखरेलले अगाडि भन्नुभयो, ‘२०७७ साल फागुन २३ गते सर्वोच्चको फैसलाले कानुनी रुपमा जेठ २ मा पुग्यौं, तथापि‘यसलाई यान्त्रिक ढङ्गले बुझ्न हुदैन । २०७५ साल जेठ २ गते फेरि त्यही अवस्थामा जस्ताको तस्तै आउन सक्दैन, कोही कमरेड भ्रममा नपरे हुन्छ ।’ उहाँले हिजोका दिनमा पार्टीको जिम्मेवारी लिएका र पार्टीमै रहेकाहरुलाई समेटेर जिम्मेवारी दिइने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्