OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,भाद्र २०, २०७८जुम्ला
२००१ पटक

२०७८ भदौ २० गते ,

नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत चयन हुनु भएको छ । एमाले जिल्लाका अध्यक्ष तिर्थ बुढा नेकपा एकिकृत समाजवादीपार्टीमा लागेपछि एमाले जुम्लाले अध्यक्ष पदका लागि महत सहितको नयाँ कमिटि विस्तार गरेको छ ।
नेकपा एमाले जुम्लाले गरेको कार्यकर्ता भेलामा अध्यक्ष महत सहितको १४९ जना जिल्ला कमिटि गठनका लागि प्रस्ताब गरेको जानकारी गरेको छ । प्रस्तावित कमिटिको भने सोमवार हुने वैठकले अनुमोदन गर्ने नेकपा एमाले जुम्लाले जानकारी दिएको छ ।

अघिल्लो दिन शनिवार नेकपा एकिकृत समाजवादीले आफ्नो कित्ता छुट्याएपछि एमाले जुम्लाले कार्यकर्ताको शक्ति प्रदर्शन गर्दै पछिल्लो दिन आईतवार उद्योग बाणिज्य संघको हलमा भेला सम्पन्न गरेको छ । भेलामा नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, पूर्व राज्यमन्त्री बलवहादुर महतले सम्वोधन गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वोगटिले एमाले विभाजन पछिको समसामयिक राजनितिक अवस्थाका बिषयमा सम्वोधन सहित कार्यकर्तालाई निर्देशन गर्नुभएको छ । नेता वोगटीले एमाले अव नयाँ शिरावाट अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले केही गरेपनि एमालेमा नरहेका माधव नेपाल सहितको पाट नभई चोईटिएको भन्दै एमाले भित्र अन्य दलका रामबहादुर थापा सहित प्रभावशाली नेता पनि आएकाले नयाँ शिराबाट जानु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले जिल्लामा नयाँ कार्ययोजना अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ ।

पूर्व राज्यमन्त्री बलबहादुर महतले जुम्लामा एमालेका संस्थापकनै भएकाले एमाले सवैभन्दा ठूलो पार्टी भएको दावी गर्नुभयो । नेकपा एमाले प्रदेश कमिटि सदस्य मेनका पछाईले एमाले फुटाएर कमजोर गर्ने प्रयास सफल नहुनेमा जोड दिनुभयो ।

बहुमत जनप्रतिनिधि एमालेमै रहेको दावी :
जुम्लामा नेकपा एमालेमा बहुमत जनप्रतिनिधि भएको दावी गरिएको छ । जिल्लाभरी पार्टी विभाजन पछि जनप्रतिनिधि र पार्टीको अवस्थाका विषयमा रिपोटिङ समेत गरिएको छ । जनप्रतिनिधिको अवस्थाको विषयमा तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले जिल्लाभर एमालेले जितेको ६० वडामा ९३ जना जनप्रतिनिधिमा ५६ जना एमालेमै रहेको दावी गर्नुभयो । उहाँले एक अध्यक्ष, ६ वडाध्यक्ष, ४९ जना वडा सदस्य एमालेमै रहेको पाटीलाई दावी गर्दै जानकारी दिनुभयो । चन्दननाथ नगरपालिका वडानम्बर ७ का सदस्य काली कामीले आफुले नेकपा एकिकृत समाजवादीको पक्षमा सनाखत गरेपनि एमालेमै रहेको घोषण गरेकी छन् । यद्यपी २२ गते सम्म सनाखत गर्ने अवधि भएकाले एमाले र नेकपा एसमा कति जनप्रतिनिधि कता भन्ने अन्तिम नतिजा नआएको निर्वाचन आयोग जुम्लाले जनाएको छ ।

एमालेकाे अवस्थाको विषयमा चन्दननाथ नगरपालिकामा धर्मेन्द्र रोकाया, कनकासुन्दरी गाउँपालिकाको मानबहादुर रोकाया, सिञ्जाको यूवराज बम, हिमामा जयबहादुर खत्री, तिलामा शान्तिनाथ योगी, तातोपानीमा सुरतबहादुर शाही, गुठिचौरमा प्रेमबहादुर बुढा र पातारासीमा हंश रोकायाले पाटी विभाजन पछिको अवस्था प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस्