OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १९, २०७८काठमाडौं
३४७ पटक

१९ भाद्र २०७८, शनिबार

सरकारले संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ गते दिउँसो ४ः०० बजे बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो ।

सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउनेछ ।

शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अधिवेशन बोलाउनेबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए । यस्तै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । उनीहरुसँग छलफलपछि बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वानका लागि सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहोस्