OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १७, २०७८सुर्खेत
३३७ पटक

 १७ भदौ २०७८, बिहीबार

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य तथा सांसद महेन्द्रराय यादवले प्रतिगमनको खतराबाट बचाउन अग्रगामी शक्तिहरुबीच गठबन्धन गरिएको बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सांसद यादवले प्रगतिगमन र अग्रगामी पक्षबीचको लडाईमा अग्रगमनको जीत भएको यद्यपि प्रतिगमनका मतियार चोईटिएर गएको टिप्पणी गर्नुभयो । मुलुकमा अब पनि प्रतिगमनको खतरा दोहोरिन नदिन गठबन्धनलाई बलियो बनाएर लैजान आवश्यक रहेको उहाँको भनाई थियो ।

त्यसैगरी, जसपाका केन्द्रीय कार्यकारिणी सदस्य नवराज सुवृद्धिले काँगे्रस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायतका पार्टी सम्मिलित गठनबन्धनको साझा प्रयासबाट संविधान, लोकतन्त्र र संसद बचाउन सकिएको बताउनुभयो । त्यस्तै, केन्द्रीय सदस्यद्वय दुर्गा सोव र भक्तबहादुर शाहले प्रतिगमनकारी शक्तिहरु विरुद्ध अहिलेको गठनबन्धन र मुलुकका अन्य अग्रगामी शक्तिहरु एकीकृत भएर जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा जसपाको सरकारमा जाने विषयमा केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्नुका साथै मसिर मसान्तभित्र जिल्ला जिल्लामा संगठन विस्तार तथा समायोजन अभियान सञ्चालन गर्नेलगायतका समसमायिक सवालमा प्रदेशस्तरका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण गरिएको जसफाका केन्द्रीय सदस्य नरेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्य योगीका अनुसार उक्त कार्यक्रममा जसपाको केन्द्रमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशअन्तरगतका केन्द्रीय सदस्यहरु, प्रदेश पदाधिकारिहरु, १० जिल्लाका अध्यक्षहरु, र जनवर्गीय संगठनका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्