OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १७, २०७८
१०१२ पटक

 १७ भदौ २०७८, बिहीबार

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संगठन समितिको दोस्रो बैठक राजधानी वीरेन्द्रनगर आजबाट सुर्खेतमा शुरु भएको छ ।

बैठकको पहिलो दिन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले भर्चुअल सम्बोधन गर्नुभयो । अध्यक्ष दाहालले बैठकमा सहभागी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय समितिले तोकेको जिम्मेवारी अनुसार काम गर्न निर्देशन दिनुभयो । पार्टीको क्रान्तिकारी रुपान्तरणको फड्को मार्न सामुहिक मेहनतको आवश्यकता रहेको औंल्याउँदै उहाँले इतिहासले सुम्पेको जिम्मेवारी पुरा गर्न दृढतापूर्वक अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

 

बैठकमा कर्णाली प्रदेशका १० वटै जिल्लाका ईञ्चार्जहरुले जिल्लाको पार्टीको अवस्थाका बारेमा रिपोर्ट गरेका गरेका थिए भने पार्टीका कर्णाली प्रदेश समिति सचिव रामदीप आचार्यले केन्द्रीय समितिले पारित गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा केन्द्रका कर्णाली प्रदेश समिति ईञ्चार्ज शक्ति बस्नेत, सह–ईञ्चार्ज त्रय कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, अध्यक्ष राजकुमार शर्मासहित जिल्ला ईञ्चार्ज तथा प्रदेश समिति सदस्यहरुको सहभागिता रहेको सचिव आचार्यले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्