OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही भाद्र १३, २०७८जुम्ला,कनकासुन्दरी,
१००१ पटक

कनकासुन्दरी,जुम्ला,

भदौ १३ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस पटक पनि सिञ्जा भ्रमण गर्नु भएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र कनकासुन्दरी गाउँपालिकाले आयोजना गरेको बृहत राजनितिक भेला कार्यक्रममा सहभागी भएर मुख्य मन्त्री शाही फर्किनु भएको हो ।

मुख्यमन्त्री शाही सिञ्जा पुग्दा भने त्यहाँका अगुवाहरुले कर्णाली सरकारलाई सिञ्जाको ईतिहास जिवित रहने काम गर्न अपिल तथा ध्यानाकर्षण गराएका छन् । कनकासुन्दरी गाउँपालिकाको लासी पाटनमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा कनकासुन्दरी गाउँपालिका ईन्चार्ज पूर्ण प्रसाद धिताले हिजो संघीय राज्यले त पछाडि पार्यो तर प्रदेश सरकारले सिञ्जाको ईतिहास राख्नेगरी काम गर्नुपर्ने बताउनुभयो । उहाँले खस साम्राज्यको राजधानी हुन पुगेको सिञ्जामा सानातिना कामले नभई ईतिहास जिवित हुने काम गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई अपिल गर्नुभयो । उहाँले हाम्रा मुख्यमन्त्री सहित सरकारका प्रमुखहरु सिञ्जा आउदा हामी गौरव गछौ तर हामी सुनका पहाडमाथीका गरिव हौ । कर्णालीमा माओवादीको सरकार छ । साना साना योजना होईन, साना योजनाले हाम्रो प्यास मेटिने छैन् ।

सिञ्जा सभ्यताको पहिचान गरि जिवित राखिराख्ने, सिञ्जामा बृहत विधुत शुरु गरौ । सिञ्जामा बृहत खस सभ्यताको विश्व विद्यालय शुरुवात गरौ । नाग्म गमगडि राजमार्ग कालोपत्रे र गुणस्तर गरौ । उहाँले हिमाको दक्षिणी भागमा बाईसथाप्लादेखी कनकासुन्दरी मन्दिर सम्म बाटो चाहियो । सिञ्जा क्षेत्रका वरपर जोड्ने पक्कि पुल जोड्न सहयोग गरौ भन्दै अपिल गर्नुभयो ।

नेकपा माओवादी केन्द्र कनकासुन्दरी गाउँपालिका अध्यक्ष भिमबहादुर भण्डारीले सिञ्जाको ऐतिहासिक कार्यक्रममा मुख्यमन्त्री सहित नेताहरु आउनु भएकोमा हार्दिक स्वागत गर्दै मर्न लागेको सिञ्जा सभ्यता जोगाउन बृहत योजना अगाडि सार्न अपिल गर्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकांसले कर्णाली सरकारले सिञ्जा सभ्यताको बचाउन गौरवको काम शुरु गर्न प्रेदेश सरकारलाई अपिल गरेका छन् । दुई बर्ष अगाडि गाउँपालिकाले आयोजना गरेको सिञ्जा महोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागि हुनु भएको थियो ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सिञ्जा आफैमा ऐतिहासिक स्थान भएकाले यसको उचाई भएको बताउदै यहाँको विकासमा सरकार लागि पर्ने बताउनुभयो । उहाँले कर्णालीमा यूवा रोजगारलाई प्रथामिकता दिईने बताउनुभयो । मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णालीमा प्रभावकारी भएको हुदा कर्णालीलाई उत्पादनमुखी कर्णालीमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

पूर्व राज्यमन्त्री गोमा कुँवरले परिवर्तनको अगुवाई नेकपा माओवादी भएकाले जनताले राम्ररी बुझ्नुपर्ने बताउनु पर्ने बताउनुभयो । उहाँले नेपालको माओवादी आन्दोलनले दलित समुदाय समेत नेतृत्वमा पुग्ने अवसर पाएको भन्दै जुम्लामा समन्वय प्रमुख दलित समुदायको व्यक्ति भएकोमा परिवर्तन भएको बताउनुभयो । जिल्ला अध्यक्ष विरबहादुर कुँवरले नेकपा माओवादी केन्द्र अव शक्तिशाली भएर अगाडि बढ्ने भएकाले पिछडिएको, वर्ग, समुदायको पाटी भएको दावी गर्नुभयो ।
१५० जना माओवादीमा प्रवेश :
मुख्यमन्त्री शाही उपस्थित कनकाुन्दरी गाउँपालिका कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले सहित विभिन्न पार्टी गरि १५० जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । गाउँपालिका पार्टी अध्यक्ष भिमबहादुर भण्डारीका अनुसार माओवादीमा प्रवेश गर्ने क्रम बढेको छ ।

प्रतिकृया दिनुहोस्