कोरपाटी संवाददाताभाद्र १२, २०७८काठमाडौं

७०६ पटक

१२ भाद्र २०७८, शनिबार
नेपाली सेनाको प्रधान सेनापतिमा प्रभुराम शर्मा नियुक्त हुनुभएको छ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नुभएको हो ।
भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । शर्मा अहिले कायममुकायम प्रधानसेनापति हुनुहुन्छ ।
हालका प्रधान सेनापति पूर्णचन्द्र थापाले यहीभदौ २५ गते अवकाश पाउँदै हुनुहुन्छ। अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा हाल बिदामा बसेको जनाईएको छ ।