OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ११, २०७८काठमाडौं
५९१ पटक

११ भाद्र २०७८, शुक्रबार

नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिरमा हुने कार्यतालिका सार्वजानिक भएसँगै नेतृत्व लिन नेताहरुबीच रस्साकस्सी बढ्न थालेको छ।

काँग्रेस संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा नै पुनः नेतृत्वको लागि दाबी गरिसक्नुभएको छ उहाँलाई लामो समयदेखि साथ दिँदै आएका उपसभापति बिमलेन्द्र निधिपनि यस पटक सभापतिको उम्मेदवारीसहि अगाडि बढ्नुभएको छ ।

निधिले आज नयाँ बानेश्वरमा भव्य कार्यक्रमबीच आफूलाई १४औँ महाधिवेशनमा सभापतिको उमेरदवार घोषणासहित सम्पर्क कार्यलयको शुभराम्भगर्नुभएको छ । सोमबार दिउँसो २ बजेबाट मंसिरमा हुने महाधिवेशन नसकिएसम्म बानेश्वर बैंकेटमा हरेक दिन कार्य सञ्चालनका लागि भनेर सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । बैंकेटको हलभित्र प्राथमिक उपचार केन्द्रदेखि सातवटै प्रदेशका नेता कार्यकर्तालाई भेट्ने छुट्टा छुट्टै हलको व्यवस्था गरिएको छ।

उहाँले हिन्दुधर्मको परम्परा अनुसार पुरोहित पढाएर शुक्रबार बिहान ९ः०० बजेको शुभ साईतमा पूजाआजा गरेर सम्पर्क कार्यलय खोल्नुभएको छ । पहेँलो वस्त्र रुद्राक्षको माला पहिरिएर सयौँ कार्यकर्ताको नारा जुलुसका साथ कार्यक्रममा उपस्थित हुनुभएका निधिले आफूलाई विभिन्न मन्दिरको पूजारी, बावाजीहरुले आर्शिवाद दिएको र लाखौँ कार्यकर्ताको मनोविज्ञानमा आफू सभापतिमा उम्मेदवार हुनुपर्ने दबाव आएको जनाउनुभाये ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, मेरो सभापतिको उम्मेदवार प्रमुख एजेण्डा भनेको आगामी निर्वाचनमा कांग्रेसको रुख चिन्हमा जनताको अभिमत खसाउन सक्ने सामथ्र्य राख्ने हो । र लामो संघर्ष पश्चात आएको संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ मजबुद पार्ने हो ।’

कांग्रेस संस्थापक नेता महेन्द्रनारायण निधिको बिरासतको आधारमा मात्र आफ्नो उम्मेदवारी नभएको उहाँको तर्क थियो । बुवाको प्रेरणाले स्वभाविकरुपमा नेपालको लोकतान्त्रिक आन्दोलन समर्पित हुने र राजनीतिमा आकर्षण हुनेकाम भएपनि १४ वर्षको कलिलो उमेरमा पञ्चायत बिरोधी आन्दोलनमा जेलनेल भोग्दै विद्यार्थी आन्दोलनको कठोर संघर्षबाट नै आफू राजनीतिमा उदाएको उहाँले जिकिर गर्नुभयो ।

कार्यक्रममा प्राध्यापक विश्लेषक पुरुषोत्तम दाहालले निधि सडक र विद्यार्थी आन्दोलनबाट नै उदाएका परिपक्व नेता भएकाले १४औँ महाधिवेशनमा कांग्रेसलाई एक ढिक्का राख्न सक्ने क्षमता जाँचेर विजयी गराउन महाधिवेशन प्रतिनिधिहरुलाई आव्हान गर्नुभयो।

निधिले राखेको कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, नुवाकोट जिल्ला सभापति जगदिश्वरनर सिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला, डढेल्धुराका सभापति कर्ण मल्ल, काभ्रेपलान्चोकका सभापति मधु आचार्य, धनुषाका सभापति शिव शंकर गिरी, पर्साका सभापति अजय द्धिवेदी बरिष्ठ पत्रकार किशोर नेपाललगायतका जिल्ला सभापति र प्रदेश सांसदहरुको सहभागिता रहेको थियो । सबै नेताहरुले पुस्तान्तरण र कांग्रेस रुपान्तरणको निधिको उम्मेदवारी र विजयको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्