OnlinePana

आज : २०८० आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ११, २०७८काठमाडौं
८८३ पटक

११ भाद्र २०७८, शुक्रबार

कर्णालीमा लाग्ने मष्टो मेला हेर्न गएकी तातोपानी गाउँपालिका १ जुम्लाका १८ वर्षीय एक युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई जना आज पक्राउ भएका छन् ।

यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीलाई सामुहिक बलात्कार गर्ने दुई जनालाई जुम्ला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चन्दननाथ नगरापालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवंं प्रहरी निरीक्षक नवीन थापामगरले जानकारी दिनुभयो ।

पीडित युवतीले दुवैले आफूमाथि सामुहिक बलात्कार गरेको र बलात्कार गर्नु अघि आफ्नो हातबाट मोबाईल खोसेको उजूरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक थापा मगरले बताउनुभयो । पपछि फिर्ता दिने बहानामा शुरुमा मोबाईल खोसेर पाल्ताडाँडामा दुवै जनाले आफूलाई सामुहिक बलात्कार गरेको उजुरी पीडितले दिएकी छन्,” उहाँले भन्नुभयो, “त्यही उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगािड बढाएका छौं ।”

त्यसैगरी शारीरिक अशक्त ४५ वर्षीय एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा तिला गाउँपालिका ८ जुम्लाका २८ वर्षीय जीवन रावत पनि प्रहरीले पक्राउ गरेको छ । भैंसीलाई गोठमा घाँस हाल्न भनेर अशक्त महिलालाई रावतले डर त्रास देखाएर बलात्कार गरेको खुल्न उनलाई पनि पक्राउ गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्