OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १०, २०७८काठमाडौं
५९९ पटक

१० भदौ २०७८ बिहीबार

प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एमालेका सचिव भीम आचार्यलाई आज दिनभर बधाईको ओईरो लाग्यो । खादा, अबीर, फूलगुच्छा र माला लगाएर दिनभर बधान तथा शुभकामना दिनका लागि प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको कार्यालय व्यस्त थियो ।

लामो समयको प्रयासपछि मुख्यमन्त्री बन्न सफल भएका आचार्यको खुशी हुने दिन पनि विस्मातमा परिणत भयो । मुख्यमन्त्री नियुक्त हुँदै गर्दा ५९ वर्षीय भाइ रामप्रसाद आचार्यको मुत्युको खबर आयो । मुख्यमन्त्री भएको खुशी मनाउन नपाउँदै उहाँ भ्रातृशोकमा पर्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार सुनसरीको इनरुवा नगरपालिका–३ स्थित घरमै रामप्रसाद आचार्य मृत भेटिएका थिए । प्रहरीले मृतको शव भेटिएको कोठामा विषको गन्ध आएको भेटायो । पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल इनरुवामा पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सबै विषय खुल्ने प्रहरी उपरीक्षक थापाले जनाउनुभयो ।

मुख्यमन्त्री नियुक्त भएकोमा बधाई ग्रहण गरेका आचार्य बिहीबार बेलुका भाइको अन्तिम संस्कारका लागि घर जानभयो । नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालको साथ छोड्नुभएका आचार्य नयाँ दलले वैधानिकता पाएको २४ घण्टा बित्न नपाउँदै ओलीकै इच्छा अनुसार नै मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

काठमाडौं बस्दै आउनुभएको उहाँ आज बिहान मात्रै विराटनगर जानुभएको थियो । विराटनगरको होटल एसियाटिकमा एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री नियुक्तिका लागि सिफारिस हुँदै गर्दा आचार्यले भाइ रामप्रसाद मृत भेटिएको खबर सुन्नुभएको थियो ।

भाइको मृत्युको खबरपछि पनि तत्कालै उहाँ घर जाने अवस्था रहेन। मुख्यमन्त्री नियुक्त लगत्तै शपथ ग्रहण गर्ने कार्यतालिका बिहीबार विहान भएका कारण उहाँ सपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालय पुग्नुभयो । आचार्यका स्वकीय सचिव अनिल राजधामीका अनुसार मुख्यमन्त्रीको पदभार ग्रहण र पार्टीको नेता कार्यकर्ताको बधाई ग्रहणपश्चात् भाइको अन्तिम संस्कारका लागि उहाँ इनरुवास्थित घर जानुभएको थियो ।

प्रतिकृया दिनुहोस्