कोरपाटी संवाददाताभाद्र १०, २०७८काठमाडौं

७५२ पटक

१० भदौ २०७८ बिहीबार
प्रदेश १ का मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त हुनुभएको छ । शेरधन राईले पदबाट राजीनामा दिएसँगै आचार्यलाई दलको नेता चयन गरी मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । आचार्य नेकपा एमाले सचिव हुनुहुन्छ ।
प्रदेशसभामा एमालेको एकल बहुमत भएका कारण दलको नेता चयन भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । ९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सभा सदस्य) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गनुभएको छ ।
आज नै मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।