OnlinePana

आज : २०८३ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १०, २०७८काठमाडौं
१०६२ पटक

१० भदौ २०७८ बिहीबार

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्७शधवसनँ र तपाईलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले रातोपाटीसँग भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एकदुई दिनभित्रै हुन्छ ।’ गौतम आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् ।

अब गौतमले के गर्लान् ?

एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । अब आफ्नै ढंगले अघि बढ्ने गौतमले रातोपाटीलाई बताए ।

एमाले उपाध्यक्ष गौतमले एमाले विभाजन नहुँदै फरक संगठनात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । ‘म अब आफ्नै ढंगले अघि बढ्छु’, गौतमको भनाइ छ ।

तपाईले राजीनामा दिनुअघि आजै तपाईँमाथि कारवाही भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा गौतमले ‘कारवाही गरे झन् राम्रो हुने’ प्रतिक्रिया दिए । उनले भने, ‘कारवाही गरे त झन राम्रो नि । गरुन् न !’  रातोपाटीबाट

प्रतिकृया दिनुहोस्