OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ९, २०७८सुर्खेत
१५०४ पटक

९ भाद्र २०७८, बुधबार

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुईवटा विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म विशेष आवश्यकता÷समावेशी शिक्षा पठनपाठनका लागि चङ्गआङ्ग विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय नर्वेसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरेको हो । मप विश्वविद्यालयको शिक्षाशास्त्र सङ्कायले शिक्षाशास्त्र केन्द्रीय क्याम्पसमा आगामी शैक्षिकसत्रदेखि स्नातक तहमा समावेशी शिक्षा पठनपाठन गर्ने कार्यक्रम बढाएको उपप्राध्यापक एवं शिक्षाशस्त्र संकायका पूर्व सहायक डीन विष्णुकुमार खड्काले जानकारी दिनुभयो ।

दिगो विकासको लक्ष्यको एक महत्त्वपूर्ण अवयवको रूपमा रहेको गुणस्तरीय समावेशी शिक्षालाई विश्वविद्यालयले आत्मसाथ गर्दै शिक्षाशास्त्र संकायअन्तर्गत विशेष आवश्यकता भएका बालबालिका र शिक्षा प्राप्तिको अवसरबाट बन्ञ्ति रहेका लक्षित वर्गका विद्यार्थीहरूलाई पढाउन सक्ने जनशक्ति तयार गर्नका लागि स्नातक तहसम्म उक्त विषयलाई एक प्रमुख विषयको रुपमा रहने गरी पाठ्यक्रम निर्माणको प्रकिया शुरु गर्न थालिएको पूर्व सहायक डीन खड्काले बताउनुभयो ।

“विश्वविद्यालयको प्राज्ञिक तथा कार्यकारी परिषदबाट नीतिगत रुपमा प्रक्रिया अगाडि बढीसकेको र सो कार्यक्रमसँग सम्बन्धी सहयोग गर्ने उद्देश्यले कोरियाको चङ्गआङ्ग र नर्वेको ओस्लोमिट विश्वविद्यालयसँग आपसी समझदारीपत्रमा हस्ताक्षर गरी छात्रवृति, अध्ययन, अध्यापन र अनुसन्धानका कार्यमा सहयोग आदानप्रदान गर्ने गरी परियोजना अघि बढी सकेको छ,” उहाँले भन्नुभयो, “अब हामी पाठ्यक्रम निर्माणको प्रक्रिया अबिलम्ब अगाडि बढाउछौ र आगामी शैक्षिक सत्रदेखि कार्यक्रम शुरुआत गर्छौं ।”

आजै अस्लोमिट विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय वीच नेपालमा समाबेशी शिक्षा कार्यक्रम परियोजाको एक साझेदार संस्थाको रुपमा आपसी समझदारी पत्रमा हस्ताक्षर गर्दै शिक्षाशास्त्र सङ्कायकोसमेत जिम्मेवारी प्राप्त गरेका मानविकी र सामाजिकशास्त्र संकायका डीन सह–प्राडा. लिलाधर तिवारीले मप विश्वविद्यालयले अन्तर्राष्ट्रिय संघ, सस्था एवं युरोप, अमेरिका र एसियाका उत्कृष्ट विश्वविद्यालयहरूसँग समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । उहाँले आजको युगमा उपयोगी र आवश्यक शैक्षिक कार्यक्रमहरू थप गर्ने र उच्च शिक्षाको गुणस्तर र विकासका लागि छात्रवृत्तिको अवसर सिर्जना गर्दै अनुसन्धान र पेशागत सक्षमता विकास गर्न सहकार्य आवश्यक रहेको जनाउनुभयो ।

यस अघि कोरियाको चङ्गआङ्ग विश्वविद्यालयसँग (लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर ईन्टरनेश्नल कोअपरेसन (लुपिक) परियोजनाको किक अफ बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयलाई नयाँ र समसामयिक विषयमा कार्यक्रमहरू अगाडि बढाउने धारणा राख्नुभएको थियो । विश्वका विभिन्न विश्वविद्यालय र सहयोगी संघ सस्थाहरूसँगको सहयोग र सहकार्यबाट अध्ययन, अध्यापन र अनुसन्धानका गतिविधिहरूलाई व्यवस्थित र गुणस्तरीय बनाउन विश्वविद्यालय क्रियाशील रहेको उहाँको भनाई थियो ।

विशेष आवश्यकता शिक्षा÷समावेशी शिक्षा कार्यक्रमसँग सम्बन्धित नर्वेजियन प्रोग्राम फर क्यापासिटी डेभ्लोप्मेन्ट ईन हाईएर एजुकेसन एण्ड रिसर्च डेभ्लोप्मेन्ट (नोरहेड) परियोजनामा नर्वेका ओस्लोमिट विश्वविद्यालय र इनल्याण्ड भ्याली एप्लाइड साइन्स विश्वविद्यालय र नेपालका त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय साझेदार संस्थाको रुपमा रहेका छन् भने लुपिक परियोजना अन्तरगत दक्षिण कोरियाको चङ्गआङ्ग विश्वविद्यालय र नेपालका सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालय साझेदार संस्थाको रुपमा रहने मध्यपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्