OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ८, २०७८काठमाडौं
६४३ पटक

८ भाद्र २०७८, मंगलबार

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले दायर गरेको रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको इजलासमा परेको छ । रिट जबराको इजलासमा दुई नम्बरमा रहेको छ ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएर आफूलाई पुनर्बहाली गर्न माग गर्दै शाक्यले दिएको रिटमा गएको बुधवार बहस हुन सकेको थिएन । आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यद्धारा साउन ३२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । ।

शाक्यका अनुसार आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि कारणविना गैरकानुनी ढङ्गले हटाइएको छ ।

 

प्रतिकृया दिनुहोस्