कोरपाटी संवाददाताभाद्र ८, २०७८काठमाडौं

७०४ पटक

८ भाद्र २०७८, मंगलबार
नेपालमा गत आर्थिक वर्षमा रु.सात अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो ।
नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् । ल्यापटप आयातबापत आर्थिक वर्ष २०७७र०७८ मा रु.९९ करोड २६ लाख ७० हजार बराबरको राजस्व पनि उठेको छ ।
आजको आर्थिक अभियानमा समाचार छ ।