OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ७, २०७८काठमाडौं
२७६ पटक

७ भाद्र २०७८, सोमबार

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले क्रान्तिकारी जनसमुदायमालाई पार्टीमा आउन अपिल गरेका छन् । सोमबार राती फेसबुकमा एक स्टाटस लेख्दै ‘वार्ता र सहमती’ जस्ता समाचारहरू भ्रमपूर्ण भएको आरोप लगाएका छन् ।

नेपाललाई अन्तिमसम्म साथदिने भनेर चिनिएका नौजना दोस्रो पुस्ताका नेताहरु सोमबार दिउँसो बालकोट पुगेर केपी ओलीसँग राखेको प्रस्तावमा सकारात्मक उत्तर आएकोले अन्ततः एमालेमै रहन सहमत भएपछि नपालले यस्तो अपिल गरेका हुन् ।

‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्। अतः यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’, उनले लेखेका छन् ।

सोमबार दिउँसो अध्यक्ष ओली निवास बालकोटमा भएको छलफलमा एकता पक्षधर नेताहरुले पार्टी विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न ओली सकारात्मक रहेपछि मंगलबार बस्ने स्थायी कमिटी बैठकमा रावललगायतका सबै नेता सहभागी हुन सहमत भएका छन् ।

उता नेपालसहित उनीनिकट सांसद र केन्द्रीय सदस्यहरु भने नयाँ पार्टीको सांसद र केन्द्रीय समितिमा रहेका नेतालाई भावी कार्ययोजना बनाउन छलफलका लागि चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । डिसी नेपालबाट

प्रतिकृया दिनुहोस्