OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ७, २०७८जुम्ला,
५५४ पटक

२०७८ भदौ ७ गते,

जुम्लामा बाढि पहिरोमा ज्यान गुमाउने परिवारका सदस्यहरुलाई राहात सहयोग गरिएको छ ।
जुम्ला तातोपानी गाउँपालिका ७ ताम्ति गाउँका बाढि र पहिरोवाट मृत्यू भएका दुई जनाका परिवारलाई रु पाँच लाख राहात सहयोग प्रदान गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईका अनुसार जुम्ला तातोपानी ७ ताम्ति निवासी बाढि पहिरोले ज्यान गुमाएका बिर्षे रावतका परिवारलाई रु दुई लाख र सोही गाउँका बाढि पहिरोबाट ज्यान गुमाउने मृतक आमा जैसरा रावत र छोरा सन्देश रावतका परिवारलाई रु तीन लाख रकम राहात स्वरुप प्रदान गरिएको छ ।

बिर्षे रावतका ५५ बर्षिय श्रीमति मैसरी रावत र जैसरा रावतका श्रीमान् तथा १० बर्षिय सन्देश रावतका बुवा रनबहादुर रावतले राहात स्वरुप नगद रकम बुझिलिएका छन् । नेपाल सरकारले प्रदान गरेको राहात स्वरुपको नगद रकम तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने र प्रमुख जिल्ला अधिकारी प्रसाईले बितरण गर्नुभयो । सो नगद रकम खाता खोलेर जम्मा गर्ने अभिभावकले जनाएका छन् ।

नेपाल सरकारले तयार पारेको विपत पिडित, उद्धार र राहत सम्वन्धी ( सातौ संशोधन) मापदण्ड २०७७ अनुसार बिपतको घटनामा परि कुनै एक जनाको मृत्यू भएमा रु २ लाखका दरले सोही परिवारमा अन्य व्यक्तिको मृत्यू भएमा प्रति व्यक्ति रु एक लाख थप राहात रकम उपलब्ध गराउने कानूनी व्यवस्था रहेको छ ।

प्रदेश सरकारबाट रु दुई लाख पाईने :
यसैगरी कर्णाली प्रदेश सरकारले पनि बिपतमा परि ज्यान गुमाउने नागरिकका परिवारलाई रु दुई लाखका दरले राहात उपलब्ध गराउने गरि बीमा गरिएको छ । सो अनुसार प्रमाणको आधारमा बिपतमा मृत्यू भएका ब्यक्तिलाई प्रति व्यक्ति र दुई लाख बीमाले सहयोग गर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालयका बिपत शाखा प्रमुख कृष्ण रोकायाले जानकारी दिनुभयो । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले प्रदेश सरकारले गरेको बीमाका लागि प्रमाण जुटाउदै गरिएको जानकारी दिनुभयो ।
प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्व मन्त्री नरेश भण्डारीको पालमा कर्णालीका १७ लाख नागरिकको बीमा शुरुवात गरेको छ ।

प्रतिकृया दिनुहोस्