OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ७, २०७८काठमाडौं
७८५ पटक

७ भाद्र २०७८, सोमबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाउनुभएको छ । केही समय एमाले प्रदेशसभा सदस्यहरुले बैठक अवरुद्ध गरेका थिए । पछि उनीहरुको बहिष्कारपछि पनि चलेको प्रदेशसभा बैठक सञ्चालन भएको थियो । जसमा मुख्यमन्त्री केसीले ४२ मत पाउनुभएको छ।

विश्वासको मत पाउन ४१ मत आवश्यक हुने भएपनि कुल ८० मतमा संख्यामा उहाँको पक्षमा ४२ मत हालिएको थियो । विपक्षमा कुनै पनि मत खसेको छैन । प्रदेशसभा सदस्यद्धय अजय शाही र विमला वली एमालेकै सांसद भएको र उनीहरुलाई एमालेले कारवाही गरे पनि सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका प्रदेशसभा सदस्यहरुले आजको पहिलो बैठक नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए ।

सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो । तर आजको दोस्रो बैठक र तेस्रो बैठक एमालेले बहिष्कार गरेको छ । तेस्रो बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनुभएको थियो ।

मुख्यमन्त्री केसीले एमालेलाई ईंगित गर्दै पाको राजनीतिक पार्टीको राम्रो संस्कार नभएको टिप्पणी साथ सत्ता बहिर्गमनको आक्रोश भएको प्रतिक्रिया दिनुभयो। उहाँले सत्ता र प्रतिपक्षमा रहने प्रक्रिया सामान्य रहेको भन्दै संसदीय प्रक्रियालाई अवरोध गर्न नहुनेमा जोड दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्