कोरपाटी संवाददाताभाद्र ७, २०७८काठमाडौं

६८२ पटक

७ भाद्र २०७८, सोमबार
नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली माधव नेपालसहितका १४ जना सांसदमाथिको कारवाही फिर्ता लिन सहमत हुनुभएको छ ।
आज ओली निवास बालकोटमा भएको छलफलमा नेपालसहित १४ जना सांसदमाथिको कारवाही फिर्ता लिन उहाँ सहमत भएको एक नेताले जानकारी दिएका छन् ।
लामो समय नेपाल समूहमा रहेका र पार्टी विभाजनको विपक्षमा रहेका भीम रावलसहितका नेताहरुसँग भएको छलफलमा ओली १४ जना सांसदमाथिको कारवाही फिर्ता लिने र पार्टी एकताको वातावरण बनाउन सहमत भएको जनाईएको छ । यस विषयमा भोलि (मंगलबार) ११ः०० बजे बस्ने स्थायी कमिटिको बैठकमा निर्णय हुने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।