OnlinePana

आज : २०८२ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २९, २०७८
८४२ पटक

२९ साउन २०७८, शुक्रबार

हुम्ला विमानस्थलबाट पाँच केजी ३०० ग्राम यार्सागुम्बा बरामद गरिएको छ । विमानस्थलमा खटिएको प्रहरी टोलीले यार्सागुम्बासहित एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्ला नाम्खा गाउँपालिका १ हेप्का हुम्ला निवासी नाक्कु तामाङका ३१ वर्षीय छोरा नुर्वु तामाङ रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले शुक्रबार नेपालगञ्जबाट सिमकोट गएको तारा एयरको विमानबाट यार्सागुम्बा बरामद गरिएको बताउनुभयो ।

हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्बा शर्माका अनुसार सिमकोट विमानस्थलमा खटिएको प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा पूर्जीविनाको पाँच केजी यार्सागुम्बा भेटाएपछि बरामद गरेर जिल्ला डिभिजन वन कार्यालयमा पठाईएको छ ।

“डिभिजन वन कार्यालय बझाङले दुई केजीको छुट पुर्जी दिएको भएपनि तामाङसँग भएको सबै यार्सागुम्बा डिजिटल तराजुबाट तौल जाँच गर्दा विना पूर्जीको तीन केजी यार्सा भेटिएपछि भेटिएपछि बरामद गरिएको हो,” प्रहरी नायब उपरीक्षक शर्माले भन्नुभयो, “चेकजाँचको क्रममा राजश्व तिरेको पूर्जीभन्दा पनि बढी अवैध समान भएकोले बरामद गरेका हौं ।”

बरामद यार्सागुम्बासहित नियन्त्रणमा लिईएका तामाङलाई डिभिजन वन कार्यालय हुम्लाको जिम्मा लगाइएको हुम्ला प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्