OnlinePana

आज : २०८३ बैशाख १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ८, २०७८
८९६ पटक

८ साउन २०७८, शुक्रबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका वडा नं. ५ निवासी ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं ६ बस्ने ४० वर्षीय दीपेन्द्र सुनार, ३७ वर्षीय सन्दीप श्रेष्ठ र रोशन भट्टराईलाई बिहीबार पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

विसं. २०७१ मंसिर १५ गतेको जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसला आदेशले लगत नं. १०६२ मा लगत कसिएको जनही रु.२०० असुल उपर गर्ने प्रयोजनको लागि विशेष सूचनाको आधारमा ती फरार प्रतिवादीहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाईएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्