सुर्खेत, २९ मंसिर ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गुणात्मक स्वास्थ्य सेवा प्रवाहसम्बन्धी तीन वर्षीय करार सम्झौता भएको छ ।
प्रतिष्ठान र प्रदेश अस्पतालको पूर्वाधार उपयोग एवं उपलब्ध जनशक्तिको परिचालनगरी शिक्षण, अनुसन्धान र सेवा प्रवाहमा गुणात्मक विकास, जनशक्ति उत्पादन तथा विस्तार गर्न आज सम्झौता भएको हो । प्रतिष्ठान जुम्लाका तर्फबाट रजिष्टार विश्वराज काफ्ले, डीन रेशमबहादुर राना, हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल र प्रदेश अस्पतालका तर्फबाट मेडिकल सुपरिटेण्डेन्ट डा.डम्बर खड्का र डा.नवराज केसीले सम्झौता पत्रमा हस्तारक्षर गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले पनि उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेशका नागरिकहरुको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन तथा शिक्षामा गुणात्मक सुधार ल्याउन सम्झौता उपलब्धीमूलक बन्ने अपेक्षा रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव डा.मानबहादुर विकले प्रदेश सरकारको स्वास्थ्य नीति, २०७६ को कार्यान्वयन स्वरुप पहिलो काम दुई स्वास्थ्य संस्थाबीचको सम्झौता भएको जनाउनुभयो । प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले स्वास्थ्य सेवाबाट बञ्चित दुर्गम भेकका जनताको स्वास्थ्य सेवामा गुणस्तरीयता प्रदान गर्ने तथा संविधान प्रदत्त अधिकार सुनिश्चित गर्ने उद्देश्यले सम्झौता गरिएको बताउनुभयो ।
सम्झौता बमोजिम प्रतिष्ठानले शैक्षिक कार्यक्रमका लागि आवश्यक पर्ने आधारभूत सामग्री, र प्राविधिक सहयोग, योग्यता प्राप्त डाक्टरहरुलाई ‘शैक्षिक उपाधि प्रदान’, अनुसन्धान क्रियाकलाप, जनशक्ति व्यवस्थापन, चिकित्सक एवं कर्मचारीहरुको वृतिविकासमा सुविधा प्रदान गर्नेछ ।
त्यसैगरी, प्रदेश अस्पतालले मिडवाईफेरी, एनेस्थेसिया एसिस्टेण्ट जस्ता प्रतिष्ठानद्वारा सञ्चालित स्वास्थ्य शिक्षा कार्यक्रमअन्तरगत छात्रछात्राहरुको लागि आवश्यक पर्ने प्रयोगात्मक अभ्यासको निम्ति शिक्षक, चिकित्सक, कार्यरत स्वास्थ्यकर्मी, मिडवाईफ तथा नर्सको मातहतमा रही काम गर्ने अवसर प्रदान गर्नेछ ।
त्यस्तै, प्रतिष्ठानबाट सञ्चालित अनुसन्धान कार्यमा प्रदेश अस्पतालका कर्मचारीहरु सहभागी गर्न अस्पताल स्वयंले सहजीकरण गर्ने र ‘लाईफ सेभिङ् सर्जिकल एण्ड एक्यूट केयर म्यानेज्मेन्ट स्किल’को प्रदेश अस्पतालले तालिम केन्द्रको रुपमा सहकार्य गर्ने सम्झौता भएको प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.खड्काले जानकारी दिनुभयो ।
कोरपाटी संवाददातामंसिर २९, २०७६सुर्खेत
७०१ पटक
- थेल्स, टेस्ला र नरेश
- ‘प्रथम कर्णाली हाफ म्याराथन’को उपाधि रावत र भण्डारीलाई
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- जुम्लामा कम्यूनिष्टहरु एकै मञ्चमा : नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया
- खेल पर्यटन प्रवर्द्धन गर्न ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- विपत व्यवस्थापनको निति र योजनाका लागि सूझाव संकलन