OnlinePana

आज : २०८३ जेठ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक २५, २०७७सुर्खेत
३३०६ पटक

 

सुर्खेत, कात्तिक २५ गते । कर्णालीमा अब उद्यम गर्न चाहाने किसानलाई अव वार्षिक २ प्रतिशत व्याजदरमा रु एक करोडसम्म ऋण दिईने भएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लाका जो सुकै नागरिकले अब उद्यम गर्न चाहेमा पैंसाको कारण रोकिनुपर्ने छैन ।
कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहानेका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज देखी कर्णाली प्रदेशमा कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरि उत्पादन तथा उद्यम गर्न चाहनेहरुका लागि कृषि विकास वैंक मार्फत १० वटा जिल्लाका १८ शाखाहरुबाट २ प्रतिशत व्याजदर ऋण उपलब्ध गराउने गरि कृषि विकास वैंक सँग मन्त्रालयको सम्झौता भएको छ । उहाँले यो अवसर लिई कर्णालीमा कृषिमा क्रान्ति ल्याउन समेत सवै कर्णालीवासीलाई अनुरोध गर्नुभयो ।

यसरी ऋण लिएर उद्यम गर्ने व्यक्ति तथा फर्मले १ लाख रकमको वार्षिक २ हजार मात्रै व्याज तिर्नुपर्नेछ । ऋण लिदाँ उनीहरुले धितो भने अनिवार्य राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजना अनुसार १ लाखदेखि १ करोडसम्म ऋण लिन सकिने सम्झौतामा उल्लेख छ ।
कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै व्यक्तिको आम्दानी बढाउन यस्ता कार्यक्रम ल्याईएको मन्त्री केसीको जोड रहेको छ ।
सो कामको लागि मन्त्रालयको तर्फबाट सचिव राजेन्द्र प्रसाद मिश्र र बैंकको तर्फबाट उपमहानिर्देशक प्रताप सुवेदीले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्