OnlinePana

आज : २०८२ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन १५, २०७७
६०९ पटक

 १५ असोज २०७७, बिहीबार

कर्णाल प्रदेश प्रहरी कार्यालय सुर्खेतले यहाँका विभिन्न जिल्ला प्रहरी कार्यालयमार्फत् १६ जना फरार अभियुक्तलाई फक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालयअन्तरगत दुई दिनमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट बहुबिबाहका पाँच, आगलागीका दुई, लुटपिट, कुटपिट र सवारी ज्यानका एक÷एक गरी १० जना फरार अभियुक्तलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिनुभयो ।

त्यस्तै, जिप्रका मुगुबाट अंशभाग र कुटपिट एक÷एक, जिप्रका हुम्लाबाट जबरजस्ती करणी, कालीकोटबाट लागु औषध एक, दैलेखबाट कर्तव्य ज्यान मुद्दा र बैंकिङ कसुरका एक÷एक गरी छ फरार अभियुक्त पक्राउ गरिएको प्रवक्ता वास्तोलाले बताउनुभयो । यो प्रदेशमा तीन दिनमा ४८ फरार अभियुक्तलाई प्रहरलिे पक्राउ गरेको छ । उहाँका अनुसार अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका सबै अभियुुक्तहरुलाई सम्बन्धित जिल्ला अदालतसमक्ष पेश गरिएको छ ।

प्रतिकृया दिनुहोस्