OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २९, २०७५
६६१ पटक

नेपालपत्रकार माहासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले कर्णालीका श्रमजिवी पत्रकारहरुको हकहित संरक्षण गर्नमा जोडदिदै आएको बताउनु भएको छ । बिहीबार नेपालपत्रकार माहासंघ जुम्लाले आयोजना गरेको स्वागत कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो । उहाले भन्नुभयो कर्णालीप्रदेशका श्रमजिवी पत्रकारहरुको क्षामता अभिबिद्ध गर्नको लागी पहल गर्दै आएका छौ ।
पत्रकारनै पहिलो न्याय दिने ब्यक्ति भएको हुनले निस्वार्थ रुपामा काम गर्नुपर्ने उहाको भनाई छ । त्यस्तै पत्रकार माहासंघ शाखा जुम्लाका अध्यक्ष बरम बहादुर महतले भन्नुभयो माहासंघले पत्रकारहरुको लागी वकालत गर्दै आएको भएपनि माहासंघ प्रति पत्रकारले चासो नदिएको बताउनु भयो।
त्यसैगरी पत्रकार माहासंघका केन्द्रीय सदस्य पुर्णप्रसाद चौलागाईले भन्नुभयो कर्णालीका पत्रकारको अधिकार र क्षामता अभिवृद्धीका लागी आवज उठाउदै आएको बताउनु भयो । उहाले अन्यक्षेत्रका पत्रकार हरुको तुलनामा कार्णालीका पत्रकारहरु पछाडी परेको बताउनु भयो । उहाले भन्नुभयो आगामी दिनमा प्रद्ेश स्तरबाटै पत्रकारको परिश्रमिकको बिषयमा जोड दिनु पर्ने बताउनु भयो ।
त्यस्तै पत्रकार माहासंघ शाखा जुम्लाका उपाअध्यक्ष नेत्र बहादुर शाहीेले सरकारी मिडियाले पत्रकारहरुको पारिश्रमिक कार्यान्वयन गर्न तर्फपहल गर्न आग्रह गर्नु भयो । आगामी दिनमा पत्रकारहरुले आफ्नो प्रेसाप्रति जिम्मेवार भएर कलम चलाउनेमा जोड दिएका छन ।।

प्रतिकृया दिनुहोस्