OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १३, २०७७
११४१ पटक

 १३ असार २०७७, शनिबार

कर्णाली प्रदेशका एकैदिन २१४ जनाले संक्रमितले कोरोना जितेर घर फेर्केका छन् । यसमा दैलेख जिल्लाबाट मात्रै २०५ जना संक्रमितले कोरोनामाथि विजय गरेका छन् ।

कोरोना जितेर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेख जिल्लाको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जनाले एकैदिन कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक÷एक जना कोरोना संक्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा.तिवारीले बताउनुभयो ।

उहाँका अनुसार आज २१४ ले कोरोना जितेसँगै हालसम्म यो संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ९३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा आज गरिएको आरटी पिसिआरमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा.तिवारीले कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ४४० पुगेको बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस्