OnlinePana

आज : २०८३ भाद्र १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ९, २०८३काठमाडौं
७ पटक

९ भदौ २०८३, मंगलबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकले तीन निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तरगत सरुवा भइ आउनुभएका नेपाल प्रशासन सेवा राज पत्रकाङ्कित प्रथम श्रेणी सहसचिव रमेश के.सी.लाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको शान्ति सुरक्षा विपद् व्यवस्थापन र सूचना प्रविधि क्षेत्र हेर्ने प्रदेश सचिव पदमा खटाउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईले जानकारी दिनुभयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयअन्तरगत कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक कर्णाली प्रदेश सभामा पेश गर्नको लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको उहाँले बताउनुभयो । मन्त्री पछाईका अनुसार विसं.२०८३ साउन १ गते देखि लागू हुने गरी प्रदेश तथा स्थानीय तहमा कार्यरत संघीय सरकारको दरबन्दीका कर्मचारीहरु, प्रदेश तथा स्थानीय तहका करार कर्मचारीहरुको नयाँ तलबमान कायम गर्ने निर्णय भएको छ ।

 

प्रतिकृया दिनुहोस्