OnlinePana

आज : २०८३ भाद्र १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ३१, २०८३काठमाडौं
९ पटक

३१ साउन २०८३, आईतबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले भेरी नगरपालिका २ जाजरकोट रिसाङ पहिरो पीडितहरुलाई राहत सामग्री पठाएको छ ।

प्रदेश सरकारले आज खाद्यसहित आवश्यक बन्दोबदस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको छ । जसमा १५० थान त्रिपाल, कम्बल ३५० थान, बल्याङ्केट १८५ थान, परिवार बस्ने टेन्ट २० सेट, पिफर्म ५०० मिटर, कालो प्लाष्टिक दुई रोल, चार क्विन्टल चामल, २०० प्याकेट चाउ, चाउ र ५० केजी चिउरा पठाइएको कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका सचिव लक्ष्मीकुमार विकले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटबाट माग भइ आए अनुरुप राहत सामग्री पठाइएको उहाँले बताउनुभयो । प्रदेश सचिव विकका अनुसार १० जिल्लालाई नै पुग्ने गरी प्रदेश आपतकालीन केन्द्रमा भण्डारण गरिएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले विपद् प्रतिकार्य, खोज उद्धार तथा राहतका लागि एक हप्ता अघि नै भर्चुअल बैठकबाट तयारी अवस्थामा रहन निर्देशन दिइएको बताउनुभयो । अहिले जाजरकोट पहिरोमा हराएकाहरुको खोज तथा उद्धार गर्न र विस्थापित परिवारका लागि लागि प्रशासनसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनासहित तीन वटै सुरक्षा जनशक्ति परिचालन गरिएको उहाँले बताउनुभयो ।

राहत तथा पुनःस्थापनका लागि संघ, कर्णाली प्रदेश सरकार र स्थानीय तह सबै मिलेर काम गर्दा त्यसले नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने जनाउनुभयो ।

 

प्रतिकृया दिनुहोस्