पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई ललितपुरको नख्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले बताए।
‘उहाँलाई घरतर्फ जाँदै गर्दा हामीले नियन्त्रणमा लिएका हौं,’ एसएसपी घिमिरेले भने, ‘एक सांसदको महिलासँगको तस्बिर सामाजिक सञ्जालमा हालेको विषयमा उजुरी परेको छ। त्यसपछि पक्राउ गरिएको हो।’
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी सुशील सिंह राठोरले पनि श्रेष्ठ पक्राउ परेको खबर प्राप्त भएको जानकारी दिए।भर्खर पक्राउ परेको भन्ने खबर प्राप्त भएको छ। थप बुझ्न पाइसकेको छैन,’ उनले भने। श्रेष्ठ जनआस्था पत्रिकाका अध्यक्ष हुन्।