OnlinePana

आज : २०८३ साउन २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २७, २०८३काठमाडौं
१० पटक

२७ साउन २०८३, बुधबार

सुर्खेतः चौकुने गाउँपालिका १० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले टोक्दा मृत्यु भएको छ ।

सर्पको टोकाईबाट ५८ वर्षिय देउमा कामीको मृत्यु भएको हो । आज बिहान ५ः४५ बजे भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औंलामा सर्पले टोकेको थियो । उपचारका लागि कर्णाली प्रदेश सुर्खेत पुर्याईएकी कामीको चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।

चौकुने गाउँपालिका वीरेन्द्रनगर नगरपालिकादेखि करिब ७० किलोमिटर दूरी टाढा रहेको छ ।

प्रतिकृया दिनुहोस्