OnlinePana

आज : २०८३ साउन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १४, २०८३काठमाडौं
५ पटक

१४ साउन २०८३, बिहीबार

सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतका ६० वर्षीय रत्न बिकको मृत्यु भएको हो । बिकलाई सोही वडाको धुलियाबिट नजिकै भित्री सडक खण्डमा क.प्र.०२००१ स १०९४ नं.को अटोले आज बिहान ११ः०० बजे ठक्कर दिएको थियो ।

अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका बिकलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो । त्यहाँ नसकेर नेपालगंज नर्सिङहोम र त्यहाँबाट पनि भारतको लखनउ सिटी अस्पतालमा रिफर गरिएको थियो । लखनउ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहाराले बताउनुभयो । उहाँका अनुसार चालक २३ वर्षीय राजु सुनार र अटो प्रहरी नियन्त्रणमा लिइएको छ ।

 

प्रतिकृया दिनुहोस्