१३ साउन २०८३, बुधबार
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको ९ जना प्रहरीको टोलीले अन्दाजी २४ वर्षीय थापालाई आज राती ९ः०० बजे उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतस्थित ८ः३० बजेको समयमा (आफुलाई पाथीभारा माता भनि चिनाउने) थापाले धर्मको नाममा झारफुक तथा हेराईमनाई गर्छु भन्दै एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिनुभयो ।
थापालाई फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी रहेको अवस्थामा स्थानीयले टेलिफोनमार्फत जानकारी गराएपश्चात पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





