OnlinePana

आज : २०८३ आषाढ २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २३, २०८३काठमाडौं
१० पटक

२३ असार २०८३, बुधबार

सुर्खेतः यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दुर्घटना भई कर्णाली नदीमा डुबेर बेपत्ता चार मध्ये एक पुरुषको शव कैलाली जिल्लामा भेटिएको छ ।

मोहन्याल गाउँपालिका ६ कैलाली चिसपानीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपालिका ९ कालीकोटका मेखे तिरुवा रहेको उनका छोरा रबिन्द्र तिरुवालाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । उता ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीका प्रमुख प्रहरी निरक्षक मिरा खड्काले पनि शव सनाखत गर्दा ६२ वर्षीय मेखे तिरुवा नै रहेको बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक विकका अनुसार मृतक मेखेसहित हराएका रास्कोट नगरपालिका २ खड्कागाउँका सिर्जना खड्का, पञ्चपुरी नगरपालिका ८ सुर्खेत माझीगाउँका चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी र फोर्स गाडी अँझै भेटाउन सकिएको छैन । उक्त फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका ७ दैलेखको साङगेतडास्थित दुर्घटनाग्रस्त भई कर्णाली नदीमा खसेको थियो ।

बेपत्ता व्यक्तिहरुसहित गाडीको खोजी कार्यमा रिभर भेहीकल म्याग्नेट, सोनार, ड्रोन र बोरेस्कोप क्यामरासहितको उच्च प्रविधियुक्त गोताखोर टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरेर करिब १०० जना जनशक्ति पाँच दिनदेखि परिचालन छ तर आजसम्म भेटाउन नसकेको प्रहरी नायब उपरीक्षक विकले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्