
जुम्ला /असार १४ गते ।
गुठीचौर गाउँपालिका–५ जुम्लालाई पोषणमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । साे वडालाई स्थानीय बाजा, गाजा, नाच, गान सहित भब्य रूपमा सयाै स्थानीयकाे उपस्थितिमा एक कार्यक्रमका बिच पाेषणमैत्री वडा घाेषणा गरिएकाे हाे ।
गुठीचाैर गाउँपालिकाकाे झारज्वाला माविमा आयाेजना गरिएकाे कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकाली र गुठिचाैर गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्ति मल्ल भण्डारीले पोषणमैत्री स्थानीय शासन वडा घोषणा गर्नुभयाे ।
घाेषणा कार्यक्रममा जिसस उपप्रमुख थकालीले अअव बालबालिका कुपोषणको सिकार भएको अवस्था देख्न नपरोस् भन्ने उद्देश्यका साथ काम गर्नुपर्ने बताउनु भयाे । यस अभियानमा अहोरात्र खटिने सबैलाई उहाँले धन्यवाद दिनुभयाे ।
कर्णाली प्रदेश योजना आयोगका कार्यालयका कार्यालय प्रमुख गोपाल केसीले पोषणमैत्री स्थानीय शासनलाई दिगो बनाउन निरन्तरता आवश्यक रहेको बताउनु भयाे ।
गुठीचौर गाउँपालिकाका कार्यवाहक अध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले वडा नम्बर ५ लाई पोषणमैत्री स्थानीय शासन घोषणा गर्न सहयोग गर्ने संस्था, वडा, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला सबैलाई धन्यवाद दिनुभयाे । उहाँका अनुसार आगामी दिनमा सम्पूर्ण गुठीचौर गाउँपालिकालाई नै पोषणमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।
गुठीचौर गाउँपालिका वडा नं ५ अध्यक्ष कमलबहादुर महतले पोषणमैत्री स्थानीय शासन घोषणा सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । उहाँले कार्यक्रमलाई थप प्रभावकारी बनाउन राष्ट्रियस्तरकी गायिका ईब्शल सञ्जाल , स्थमनीय कलाकारले कार्यब्रक थप उतसाह भएकाेमा खुशी व्यक्त गर्नुभयाे ।
कार्यक्रममा स्थानीय पञ्चेवाजा विद्यालयका स्वागत गीत, नृत्य तथा स्थानीय महिलाहरूको देउडा प्रस्तुति समेत गरिएको थियो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले घोषणा कागजमा मात्र सीमित नभई व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयाेे । उहाँले वडा नम्बर ५ का नागरिकलाई यस अभियानलाई निरन्तरता दिन आग्रह गर्नुभयाे ।
गुठीचौर गाउँपालिका एकका वडा अध्यक्ष अर्जुन कुमार महताराले पोषणमैत्री स्थानीय शासन घोषणा गर्न स्थानीय तह वा वडाले मुख्य रूपमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला, किशोरी र समुदायको पोषण अवस्थालाई सुधार गर्ने सूचक पूरा गरेको कार्यक्रममा महत्वपुण भएको धारणा राख्नुभयाे । उहाँले सबै भन्दा पालिकाको भौगोलिक रुपमा टाढा रहेको आफ्नो वडाले पनी महिला बालबालिकामा कुपोषणको अवस्था घटाउन लागी परेको बताउदै सिमित स्रोत सानका विचमा सहयाेग गर्ने खटिने सपैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।











