OnlinePana

आज : २०८३ आषाढ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
अमितजंग शाहीआषाढ १३, २०८३जुम्ला,
७२ पटक

अमितजंग शाही/जुम्ला,

असार १३ गते । जुम्लाको हिमा गाउँपालिकामा यस पटको पढाई मेला शुरु गरेको छ । गाउँपालिकाको आयोजनामा कालिका माध्यामिक विद्यालय तलिकुडुमा पढाई मेला शुरु भएको हो । गाउँपालिकाले आयोजना गरेको चौथो बर्षको पढाई मेलाको उद्घाटन नेपाली कांग्रेसका पुर्वसभापति दिपबहादुर शाही, गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही र उपाध्यक्ष सुपर्ना शाहीले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

गाउँपालिकाले आयोजना गर्दै आएको शैक्षिक मेलामा २० वटा विद्यालयका शिक्षक विद्यार्थी, अभिभावक र सरोकारवाला निकाय गरि झण्डै दुई हजारको मेलामा सहभागी भएका आयोजकले जनाएको छ । हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले विद्यार्थीले सिकेको शिप प्रतिस्पर्धामा लैजान सामुहिक पढाईमेला शुरु गरिएको बताउनुभयो । गाउँपालिकाले चार बर्षदेखी हिमाका विद्यालयहरु एकै स्थानमा आएर पढाईमेला गरिरहेको छ । पढाईमेलाले वालवालिकाको शिप प्रदर्शन गर्ने ठुलो अवसर भएको बताईएको छ ।

शैक्षिक मेलामा विद्यार्थीहरुले शैक्षिक शिपका स्टलहरु प्रदर्शन गर्ने कार्यक्रम अनुसार शनिवार आधारभुत तहका विद्यार्थीले तयार गरेका शैक्षिक सामग्री र कलात्मक बस्तुहरु प्रदर्शन गरिएको छ । मेला तिन दिन सम्म रहने छ ।

प्रतिकृया दिनुहोस्