OnlinePana

आज : २०८३ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २४, २०८३काठमाडौं
८ पटक

२४ जेठ २०८३, आईतबार

सुर्खेतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेत जिल्लाको सभापतिमा रमेशकुमार सापकोटा पुनःनिर्वाचित हुनुभएको छ ।

पार्टीको आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित जिल्ला भेलाले सापकोटालाई पुनः जिल्ला सभापतिको जिम्मेवारी दिएको हो । उहाँलाई जिल्ला पार्टीले सर्वसम्मत निर्वाचित गरेको हो । पार्टी संगठन विस्तार, जनसम्पर्क तथा स्थानीय तहसम्म संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका कारण उहाँलाई दोस्रो कार्यकालका लागि जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको जनाइएको छ ।

रास्वापको स्थापनादेखि सुर्खेतको नेतृत्व गर्दै आउनुभएका सापकोटा गएको फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचिनमा सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ कर्णाली प्रदेशमा रास्वपाबाट निर्वाचित हुने एकमात्र प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

सभापति सापकोटाका अनुसार आफु सर्वसम्मत भएपनि रास्वपा सुर्खेतका बाँकी पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्य चयनको टुंगो भोलि जेठ २५ बिहान बस्ने निर्वाचन समितिको बैठकले लगाउने छ । उक्त जिल्ला कार्य समिति १३ सदस्यीय हुने उहाँले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्