
नेत्र शाही/जुम्ला,
जेठ १४ गते । जुम्लाको गुठिचौर गाउँपालिकाका बहालवाला अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ । रास्वपाले गुठिचौर गाउँपालिकामा आयोजना गर्नु भएको कार्यक्रममा उहाँले नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेको घोषणा गर्नुभयो । वुढा नेपाली कांग्रेस पार्टीको तर्फबाट २०७९ सालमा गाउँपालिका अध्यक्ष पदमा उठेर बिजयी हुनु भएको थियो ।
गाउँपालिका अध्यक्ष बुढाले गुठिचौर गाउँपालिकाका एकसय ५० जना शुभचिन्तक सहित आफु रास्वपा प्रवेश गरेको जानकारी दिनुभयो । अध्यक्ष बुढा रास्वपा जिल्ला सभापति मकर बहादुर भण्डारी सहितका नेता कार्यकर्ताको सहभागितामा प्रवेश गर्नुभएको छ ।
उहाँले गुठिचौर गाउँपालिकाको पद नेपाली कांग्रेसले फाल्न सक्छ भने फालिदन चेतावनी दिदै जुम्ला जिल्लालाई रास्वपा बनाउने लक्ष्य रहेको बताउनुभयो । उहााले कांग्रेस आफुलाई भनिरहेको अवसरवादी नभई परिवर्तनकारी भएको दावी गर्नु भएको छ । यता नेपाली कांग्रेसका जिल्ला उपपसभापति कार्मा वुढाले गाउँपालिका अध्यक्ष बुढा पार्टीले उठाएको उम्मेदवार भएको र उहाँले व्यक्तिगत भन्न नमिल्ने बताउनुभयो । उहाँले उहाँको पदको बिषयमा नेपालको संविधान अनुसार हुने प्रतिक्रिया दिनुभयो ।
क्याप्सन ः जुम्ला गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा रास्वपामा प्रवेश तस्बिर सामाजिक संजाल ।






