OnlinePana

आज : २०८३ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ६, २०८३सुर्खेत
२४ पटक

६ जेठ २०८३, बुधबार

सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाले काफल बेच्ने महिलामाथि नगर प्रहरीले गरेको दुव्र्यवहारका विषयमा ध्यानाकर्षण भएको जानकारी गराउँदै ती महिलालाई रु.दश हजार क्षतिपूर्ति दिएको छ ।

कालीकोट घर भई हाल वीरेन्द्रनगर ३ सुर्खेतमा बस्ने अन्दाजी ४२ वर्षीय धमिला चौलागाईलाई नगरपालिकाले रु.दश हजार क्षतिपूर्ति दिएको हो । उक्त नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ ५ गते मंगलबार साँझ नगर प्रहरीद्वारा सडक पेटी र फुटपाथ व्यवस्थापन गर्ने क्रममा नगरपालिकाको वडा नं.६ स्थित सिटी बसपार्कमा डालामा काफल बेच्दै गरेकी चौलागाईमाथि भएको व्यवहारप्रति ध्यानाकर्षण भएको बताएको छ ।

सो कार्यमा संलग्न नगर प्रहरीलाई विभागीय कारवाही गरिने र पीडित महिलालाई उचित राहत तथा क्षतिपूर्ति दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता टंकप्रकाश लामिछानेले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार क्षतिपूर्ति स्वरुप महिलालाई नगरपालिकामै बोलाएर रु.दश हजार रकम प्रदान गरिएको छ ।

नगर प्रहरीले हिजो साँझ सिटी बसपार्कमा काफल बेच्दै गरेको महिलाको डाले डोको च्याप्प समातेर घोप्ट्याउँदा काफल भुइँमा छरपस्ट भएको र ती महिला रोइकराई गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियोमा नगर प्रहरीको हर्कत र पालिकाको सेवाबारे स्थानीय व्यवसायी, पूर्व नगर प्रमुख र सरोकारवालाहरुले व्यापक आलोचना गरेका थिए । त्यसलाई तत्काल सम्बोधन गरेपछि सबैले नगरपालिकालाई आभार व्यक्त गरेका छन् ।
.

प्रतिकृया दिनुहोस्